२७ भदौ २०८३, शनिबार 1789249384
Banner

भ्रष्टाचारका घटनामा संलग्न कसैलाई पनि पार्टीले जोगाउँदैन : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि कारबाही गर्ने पार्टी नेकपा एमाले मात्रै भएको दाबी गर्नुभएको छ।

आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले भ्रष्टाचारका घटनामा पार्टीले कसैलाई नजोगाउने स्पष्ट पार्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कहीँ कहीँ अनुशासन उल्लंघनका घटना यहाँहरुले देख्नुभएकै होला। वैयक्तिक घटना हुन्। ती वैयक्तिक घटना हुन्। त्यसका जिम्मेवार ती अनुशासन उल्लंघनकर्ताहरु हुन्छन्। तर, हाम्रो पार्टीको नीति त्यस्तो होइन।’