२७ जेष्ठ २०८३, बुधबार 1781113669
Banner

आत्मदाह गरेका आचार्यले उठाएका विषयहरुको सरकारले छानबिन गर्ने

काठमाडौँ – आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाउनुभएका विषयमा छानबिन गर्न मन्त्रिपरिषद्को बैठकले गृहमन्त्रालयलाई जिम्मेवारी दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते हुनुभएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका आचार्यले उठाएका विषयहरुको छानबिन गर्न गृह मन्त्रालयबाटै तदारुकतासाथ लाग्ने निर्णय भएको बताउनुभयो ।

मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाउनुभएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । ‘आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने भनेको छ ।’