२८ भदौ २०८३, आइतबार 1789341791
Banner

ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

गएराति साढे १२ बजे बिएन्डबी अस्पताल अगाडिको ओरालोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किएका हुन्।

ट्याक्सीमा सवार एक जना र कारमा सवार एक जनाको मृत्यु भएको हो। कारमा ६ जना सवार थिए भने कारमा दुई जना सवार थि ए।ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका ७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्यको मृत्यु भएको हो।

दुर्घटना भएपछि उनीहरूलाई बिएन्डबी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरी वृत्त सातदोबाटोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।