२८ भदौ २०८३, आइतबार 1789345634
Banner

रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्।

सामाजिक सञ्जालमार्फत लामिछानेले जनतासँग सिधा कुरा नगरेको धेरै भएको भन्दै देश तथा विदेशमा रहने सबैले पत्रकार सम्मेलन हेर्न आग्रहसमेत गरेका छन्।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ’ उनले भनेका छन्।