३ भदौ २०८३, बुधबार 1787162711
Banner

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी

काठमाडौं: मन्त्रिपरिषदको बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नपाएपछि आइतबार सरकारको समर्थन जारी राख्दै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन्।

रास्वपाले आइतबार साँझै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको थियो। रास्वपाबाट शिशिर खनाल शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री  र डोरप्रसाद अर्याल श्रम तथा सामाजिक मन्त्री बनेका थिए। उनीहरू प्रधानमन्त्रीलाई राजीनामा बुझाइसकेका छन्।

उनीहरूको राजीनामापछि कसलाई के जिम्मेवारी दिनेबारे निर्णय भएको छैन। मन्त्रालयको भागबण्डालगायत सरकारका नियमित एजेण्डमाथि छलफल हुने बताइको छ।