काठमाडौं । केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले बालुवाटारमा जारी छ । राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न बोलाइएको बैठकमा सत्तारुढ गठबन्धनका ३ दल भने उपस्थित भएनन् ।
एमाले अध्यक्ष ओलीसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन बैठकमा सहभागी छन्। तर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ बैठकमा नगएका हुन्।
नागरिक उन्मुक्ति यसअघि पनि संयन्त्रको बैठकमा गएको थिएन । सो पार्टीले हिजो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएपछि सरकार ढलेको छ ।