२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 3:14 pm
Banner

एमाले अध्यक्ष ओलीसँग भारतीय विदेश सचिवको भेट

सूचना प्रेस २०७९ फाल्गुन १ सोमबार ००:००, २१:५० बजे १ मिनेट पढाइ

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच सोमबार भेटवार्ता भएको छ । उहाँहरुबीच सोमबार साँझ ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

भेटमा दुई मुलुक बीचका विभिन्न विषयमा छलफल भएको बताइएको छ । ओलीले छिमेकीबीचको सम्बन्ध राम्रो हुनुपर्ने बताउनुभएको थियो ।

विदेश सचिव क्वात्राले बाँकी रहेका केही काम पनि कार्यान्वयनमा जाने बारेमा ओलीलाई जानकारी दिनुभयो । उहाँले ले दुई देशको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै भएका सहमतिहरु कार्यान्वयनमा जान थोरै बाँकी रहेको बताउनुभयो ।