९ मंसिर २०८१, आइतबार 1732495590
समाचार

आगजनी र तोडफोडको जिम्मा ल्होत्सेले लिनुपर्छ : यातायात व्यवसायी

काठमाडौं । सरकारसँग वार्तामा सहभागी यातायात व्यवसायीका नेताहरुले सोमबार भएको घटनाको सबै जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने बताएका छन्।

आन्दोलनपछि कोणसभाका लागि गएका आफ्ना मजदुरहरुलाई ल्होत्सेकै कर्मचारीहरुले भड्काएपछि आगजनी र तोडफोडको घटना भएको उनीहरुको आरोप छ ।

बालाजु क्षेत्रमा भएको लुटपाटमासमेत ल्होत्सेबाटै परिचालित व्यक्तिहरुको संलग्नता रहेको आरोप लगाउँदै उनीहरुले सोमबार भएका सबै घटनाको सबै जिम्मा ल्होत्से बहुउद्देश्यीय प्रालिले नै लिनुपर्ने बताए ।

ल्होत्से बहुउद्देश्यीय प्रालि गोंगबुस्थित नयाँ बसपार्क निर्माण, सञ्चालन र व्यवस्थापनमा संलग्न कम्पनी हो । प्रालिले बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकासँग ४५ वर्षको सम्झौता गरेको छ ।

बेलुकीपख एक हुल ल्होत्से मलमा प्रवेश गरी पसलहरू तोडफोडसमेत गरेको थियो। आज उनीहरुले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द आह्वान गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी टोली र यातायात मजदुरका प्रतिनिधिहरूबीच वार्ता जारी छ।