३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:15 pm
Banner

यातायात मजदुरको सार्वजनिक यातायात बन्द फिर्ता

सूचना प्रेस २०७९ फाल्गुन २ मंगलबार ००:००, १०:४९ बजे १ मिनेट पढाइ

काठमाडौँ । यातायात मजदुरहरुले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो ।

सोमबार बालाजु क्षेत्रमा यातायात मजदुर तथा व्यवसायीहरुले आगजनी र तोडफोड गरेका थिए । तीनवटा मजदुर संगठनले आज सवारी साधन नचलाउने निर्णय गरेपछि उनीहरूलाई वार्तामा बोलाएको हो ।

मजदुर संगठनको हडतालपछि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी चल्न सकेका थिएनन् । तर, वार्तापछि भने यातायात चल्न सुरु भएको छ ।