२७ भदौ २०८३, शनिबार 1789253002
Banner

सांसद भण्डारीकी आमाको निधन

काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ।

उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मेडिकल डाइरेक्टर डा.निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको हो।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए।

सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ। उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।