१३ श्रावण २०८३, बुधबार 1785328867
Banner

राष्ट्रपतिमा सहयोग गर्न पौडेलले गरे यादवसँग अनुरोध

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा सहयोग गर्न अनुरोध गरेका छन् । शुक्रबार जसपाको केन्द्रीय कार्यालयमा भएको भेटघाटमा उनले यस्तो अनुरोध गरेका हुन् ।

जसपाको केन्द्रीय कार्यालयमा २ नेताबीच करिव आधा घण्टा छलफल भएको थियो। भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए।

राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका एजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।