२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 9:04 pm
Banner

प्रचण्डले धोका दिएको एमालेको टिप्पणी

सूचना प्रेस २०७९ फाल्गुन १२ शुक्रबार ००:००, २०:४८ बजे १ मिनेट पढाइ

काठमाडौं । वर्तमान सत्तारुढ गठबन्धनको प्रमुख घटक एमालेले प्रधानमन्त्री प्रचण्डले धोका दिएको आरोप लगाएको छ। शुक्रबार बालुवाटारमा ८ दलको बैठकले गरेको निर्णयले देशमा नयाँ अस्थिरताको बिजारोपण भएको आरोपसमेत लगाएको छ। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निर्णयले सत्ता गठबन्धनको भविष्यसमेत अनिश्चित बनेको बताउनुभयो ।

शुक्रबार विकसित नयाँ राजनीतिक घटनाक्रमबारे एमालेले शनिबार सचिवालय बैठक बसेर आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। एमालेले भोलि सचिवालय बैठक डाकेको छ।