२१ बैशाख २०८३, सोमबार 1777897949
अपराध

बहिनीसँगको यौनजन्य गतिविधि व्वाइफ्रेन्डलाई पठाउने युवाती पक्राउ

काठमाडौं । आफ्नै बहिनीसँग यौनजन्य गतिविधि गरेको आरोपमा भक्तपुरबाट एक युवती पक्राउ परेकी छिन् ।

भक्तपुर प्रहरी परिसरले २१ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको सुचना अधिकारी कुमार मैनालीले जानकारी दिए । आरोपी युवती अविवाहित हुन् । बहिनी बालिका भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बहिनीसँगको यौनजन्य गतिविधिको भिडिओ युवतीले आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएकी थिइन्।

गुगलले इन्टरपोललाई त्यसबारे खबर गरेपछि नेपाल प्रहरीलाई घटनाबारे थाहा पाएको हो। सुचना अधिकारी मैनालीका अनुसार गुगल रिभ्युअरले बाल यौन दुराचारसम्बन्धी गतिविधि भएको देखेपछि इन्टरपोलललाई खबर गरेको थियो।

इन्टरपोलले नेपाल प्रहरीलाई खबर गरेपछि भक्तपुरबाट युवतीलाई नियन्त्रणमा लिइएको जनाइएको छ।