८ मंसिर २०८१, शनिबार 1732390895
राजनीति

काभ्रेको तेमालमा मिसन ग्रासरुट अभियान सम्पन्न

काठमाडौं । मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको केन्द्रीय सदस्य एवं तेमालका लागि अभियानको केन्द्रीय प्रधिनिधी प्रमुख अतिथि यम बहादुर परियारको नेतृत्वमा पार्टीको टोल, वडा तथा जनवर्गीय संगठन पुनर्गठन, बैठक, सामाजिक अभियान, सदस्यता नविकरण तथा विस्तार, अन्य रचनात्मक कामहरु र जनजीविकाका मुद्धाहरु उठान गर्दै अभियान सञ्चालन सम्पन्न भएको हो ।

यसै क्रममा विशेष अतिथि बागमती प्रदेशसभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभाग सदस्य माननीय ज्ञान बहादुर तामाङले पार्टीको सबै तहको नेता तथा कार्यकर्ता यस अभियानमा परिचालित हुने हुँदा पार्टी सुदृढीकरण तथा विस्तारका लागि यो अभियान कोशेढुङ्गा साबित हुने बताए । अबको अभियान तेमाल बनाउने मिसनको रूपमा लिएर अगाडि बढ्नुपर्ने र विकासको योजनामा सबै एकढिक्का भएर हिँडेमात्र नेकपा एमालेले लिएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा पनि सफल हुने उनको दाबी छ ।

रूखको छहरीमा बसेर साम्यवाद र समाजवाद प्राप्त नहुन र बुर्जुवा दक्षिणपन्थीसंग मिलेर वामपन्थीहरू कम्युनिस्टले साम्यवाद र समाजवादको लक्ष्य प्राप्त गर्न नसकिने सांसद ज्ञान बहादुर तामाङको भनाइ छ ।

गाउँपालिका कमिटीको अध्यक्ष इन्द्रमान तामाङको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य नोर्बु तामाङ र नरध्वज लामा, जिल्ला कमिटी सचिवालय सदस्य इन्द्र तामाङ र सचिवालय सदस्य एवं तेमाल इन्चार्ज जेनिश लामा, जिल्ला कमिटी सदस्य घनश्याम तामाङ, नरध्वज तामाङ, कल्पना तामाङ, ज्ञानीमाया तामाङ, सुरेशकुमार दोङ लगायतले अभिमुखिकरण कार्यक्रममा सहजीकरण गरेका थिए ।

पालिका कमिटीको सातौं बैठकले आगामी चैत २५ गतेसम्मको पलिकस्तरीय बैठक, भेला, प्रशिक्षण, वडा तथा टोलस्तरीय बैठक, प्रशिक्षण, सदस्यता नविकरण, जनसंगठनका भेला, प्रशिक्षण र अन्य रचनात्मक कार्यक्रमको कार्ययोजना तयार गरेको नेकपा एमाले तेमाल गाउँपालिका कमिटीको उपसचिव सुरेन्द्र तामाङले बताए ।