८ मंसिर २०८१, शनिबार 1732401659
Banner

शान्ति सम्झौता विपरीत हुने गतिविधिको प्रतिवाद गर्ने माओवादी घटकको निर्णय

काठमाडौं । बालुबाटारमा जारी माओवादी घटकहरूको बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि तरंगित माओवादी घटकको संयुक्त बैठक आज बालुबाटारमा बसेर ३ बुँदे निर्णय गरेको हो ।

माओवादी आन्दोलनका विभिन्न दलहरूको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेको छ । संक्रमणकालिन न्यायसंग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत् अगाडि बढाउनु पर्छ भन्नेमा एकमत हुँदै सिघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण गराउने पनि बैठकले निर्णय गरेको छ ।

विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध भएको बैठकले निर्णय गरेको छ ।