३ भदौ २०८३, बुधबार 1787163336
Banner

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक आज संसद्मा दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज संसद्मा दर्ता गर्ने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले संशोधित विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भएको छ ।

प्रचण्डमाथि ५ हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोग माग गर्दै मंगलबार मुद्दा दायर भएको थियो। सो मुद्दामा पहिलो सुनुवाइ आजलाई तोकिएको छ।

यस्तै बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाउने निर्णय पनि भएको छ।