२७ भदौ २०८३, शनिबार 1789252146
Banner

पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ।

त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए पछि नेपालले ब्याटिङ गर्ने भएको हो।

नेपालले आजको खेलमा अघिल्लो टोलीबाट एक परिवर्तन गरेको छ। प्रतिश जिसीको ठाउँमा कुशल भुर्तेलले खेल्ने भएका छन्।

घाइते भएर कुशलले युएईसँगको अन्तिम खेल गुमाएका थिए। तर उनी फिट भएपछि प्रशित बाहिर बसेका हुन्।