काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुभाषचन्द्र नेम्वाङले सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
राष्ट्रपति चुनाव सुरु हुनुअघि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले देश र जनताका अगाडि ठूलो चुनौती रहेको बताए ।
नेम्वाङले आफू सबै जनता र सबै दलहरूको साझा अभिभावकका रूपमा जाने प्रयास गरेको उल्लेख गरे ।
‘एक सूत्रमा भन्छु, यो देशका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ । अहिले देश र जनताका अगाडि साह्रै ठूलो चुनौती छ । सिंगो देश र जनता, अनि सबै राजनीतिक दलहरू एक ठाउँ उभिनुपर्छ ।’ उनले थपे ।