१९ आश्विन २०८३, सोमबार 7:31 pm
Banner

पपुवा न्यूगिनीविरुद्ध आसिफ शेखको शतक

काठमाडौं । नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूनिनीविरुद्ध शतक पुरा गरेका छन्। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए।

पहिलो विकेटका लागि ११० रनको साझदोरी गरेका कुशल भुर्तेल व्यक्तिगत ४५ रनमा आउट भए।

क्रिजमा टिकिरहेका आसिफले भने शतक पुर गरेका छन्। उनले १०१ बलमा १० चौका र २ छक्काको मदतमा १०० रन पुरा गरेका हुन्।