१८ असार २०८३, बिहिबार 1782992305
Banner

आजबाट राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, २९ गते निजी निवास सर्ने

काठमाडौं। आजबाट कार्यकाल सकिन लागेको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी २९ गते निजी निवास सर्ने तयारीमा छन् । दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भएकी उनको आज कार्यकाल सकिदैछ ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन्। त्यसैले भण्डारीले शितलनिवास छाड्नुपर्ने भएको हो।

उनी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ। उनी २९ गते निजी निवासमा सर्ने तयारीमा छिन्।