९ मंसिर २०८१, आइतबार 1732512221
खेलकुद

नेपाल खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । खेलकुद महासंघको केन्द्रिय कार्यालय पुरानो बानेश्वरमा आज आयोजित पदभार ग्रहण कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष पर्शुराम बस्नेतलाई पुर्व अध्यक्ष तथा नेकोस सह ईन्चार्ज रमेश पौडेलले पदभार ग्रहण गराउनु भयो भने महासचिब धरम बहादुर लामालाई नेकोस अध्यक्ष पर्शुराम बस्नेतले पदभार ग्रहण गराउनु भएको नेपाल खेलकुद महासंघ सचिब तथा प्रबक्ता तिर्थ बहादुर खड्काले बताउनुभयो ।

महासंघले कोसी प्रदेशको विराटनगरमा फागुन ७ गते सम्पन्न अधिवेशनबाट १७५ जनाको केन्द्रीय कमिटी बनाएको छ ।

पदभार ग्रहणसँगै आजको बैठकले आसन्न स्वबियु निर्वाचनमा अनेरास्वबियुलाई धेरै भन्दा धेरै स्थानमा कसरी जीत हासिल गर्न सकिन्छ भन्ने वारेमा अध्यक्ष पर्शुराम बस्नेत लगायत नेकोसका पदाधिकारीहरु र अनेरास्वबियुको समिक बडाल र सचिव डाक्टर सुजन कडरियासंग छलफल गर्नुभयो ।

साथै अखिललाई स्वबियु निर्वाचनमा सहयोग गर्न नेकोस महासचिब धरम बहादुर लामाको सयोंजकत्वमा १०१ सदस्यिय कमिटी निर्माण गरेको महासंघले जनाएको छ।सोही अवसरमा नेकोसका अध्यक्ष बस्नेतले अखिल अध्यक्ष बडाललाई आर्थिक सहयोग पनि हस्तान्तरण गर्नु भएको छ ।