२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 9:55 pm
Banner

नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ ग्रहण कार्यक्रम आज हुँदै

सूचना प्रेस २०७९ चैत्र ६ सोमबार ००:००, ०६:१२ बजे १ मिनेट पढाइ

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम आज हुँदैछ ।

यादवले आज सोमवार बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने कार्यक्रम छ । यादवले आइतबार पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् । साथै उनले सांसद पदबाट पनि राजीनामा दिएका छन् ।

चैत ३ गते भएको उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित भएका थिए ।