२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 9:55 pm
राजनीति

जनमत निकट विद्यार्थी पाल्ही बहुमुखी क्याम्पसमा विजयी

सूचना प्रेस २०७९ चैत्र ६ सोमबार ००:००, ०७:४२ बजे १ मिनेट पढाइ

काठमाडौं। पश्चिम नवलपरासीको पाल्ही बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट विद्यार्थी संगठन विजयी भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वका लागि भएको चुनावमा ठूला दल निकट विद्यार्थी संगठनलाई पाखा लगाउँदै प्रत्यक्षतर्फ जनमत विद्यार्थी संघले प्यानलै जितेको हो ।

स्ववियु सभापतिमा जनमत विद्यार्थी संघका वृजनन्दन कुर्मी २८ मतान्तरले विजयी भएका छन् । कुर्मीले १२८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी अनेरास्ववियुसहितको संयुक्त प्यानलका कृष्ण पटेलले १०० मत पाएका छन् ।

त्यस्तै नेविसंघका सुनिल कुमार गौडले ९८ मत पाएका छन् ।

पाल्ही क्याम्पसमा कुल ३२९ मत खसेको थियो । जसमध्ये ९४ छात्र र २ सय ३५ छात्रा रहेका छन् ।