१३ श्रावण २०८३, बुधबार 1785374778
Banner

विद्युत प्राधिकरणका ५१५ जना कर्मचारीको सरुवा (नामावलीसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५१५ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । लेखा प्रमुख, प्रशासन प्रमुख, जलविद्युत कम्पनीहरुका नेतृत्वदेखि हेल्परसम्मका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको छ।

सहनिर्देशक गणेशदत्त भट्टलाई तनहुँ हाइड्रोपावर लिमिटेडमा, सहनिर्देशक डोलनाथ कँडेललाई कार्यकारी निर्देशकको सचिवालयमा, बसन्त कुमार ढुंगानालाई केन्द्रीय भुक्तानी महाशाखामा र शोभा पौडेललाई नियुक्ति सिफारिस महाशाखामा सरुवा गरिएको छ।

यसैगरी प्रबन्धक हरिकुमार श्रेष्ठलाई स्ट्रक्चरल डिजाइन महाशाखाबाट तनहुँ हाइड्रोपावर लिमिटेडमा सरुवा गरिएको छ। कतिपयलाई काज फिर्तासमेत गरिएको छ । सरुवा, पदस्थापन र काजका कर्मचारीहरुको हेर्न कर्मचारीको विवरणमा थिच्नुस् ।

कर्मचारीको विवरण