२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 8:49 pm
राजनीति

प्रधानमन्त्री प्रचण्डले गरे गोरखामा सडक शिलान्यास

सूचना प्रेस २०७९ चैत्र ७ मंगलबार ००:००, १२:५५ बजे १ मिनेट पढाइ

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर सडक शिलान्यास गरेका छन् ।

पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक खण्डको २० किलोमिटर क्षेत्र स्तरोन्नतीका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार शिलान्यास गरेका हुन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीसँग शिलान्यास गर्न गोरखा पुगेका थिए ।