२१ बैशाख २०८३, सोमबार 1777943954
Banner

शक्तिको आडमा रवि लामिछानेलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी विवादमा दिइएको ‘क्लिन चिट’ विरूद्व अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। यसअघि रविविरुद्व राहदानी दुरुपयोगको आरोप लगाउँदै मुद्दा दायर गर्ने युवराज सफलले अख्तियारमा उजुरी दिएका हुन् । सफलले जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिने विश्वासको मतका लागि रविको पासपोर्ट दुरुपयोग मुद्दामा सफाइ दिइएको आरोप उहाँले लगाउनु भएको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिने विश्वासको मतका लागि रविको पासपोर्ट दुरुपयोग मुद्दामा सफाइ दिइएको आरोप लगाउनु भएको हो ।

अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता जोगाउनकै लागि सरकारवादी मुद्दाबाट सफाइ दिने गरी महान्यायधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने पनि उनले बताएका छन् ।