९ मंसिर २०८१, आइतबार 1732465055
राजनीति

चैत १५ गतेसम्म विधान मस्यौदामाथि सुझाव पठाउन जसपाको निर्देशन

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले पार्टी विधानको मस्यौदामाथि सुझाव संकलनको कार्यलाई तीब्रता दिएको छ। जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई चैत्र १५ गतेसम्मको समय सीमा तोकेको छ।

जसपाले चैत २६ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरिसकेका हुनाले विधान संशोधनको मस्यौदाबार छलफललाई तीब्रता दिएको छ। मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथि जसपा नेपालले शनिवार छलफल गरेको छ।

लुम्बिनी प्रदेशले चैत्र १३ गते र कोशी प्रदेशले चैत्र १७ गते विधानमाथि सुझाव संकलनका लागि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन्।

प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, संघीय परिषद् सदस्यहरु, प्रदेश समितिका पदाधिकारी, सदस्य र प्रदेशस्तरीय भ्रातृ संगठनका पदाधिकारी सहभागि हुने गरेका छन् ।

ट्रेड युनियन महासंघले १२ गते, चैत्र १३ गते भातृसंगठन, बौद्धिक पेसाकर्मी महासंघले १४ गते काठमाण्डौमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नेभएको छ।