१९ जेष्ठ २०८३, मंगलबार 1780384812
Banner

अध्यक्ष शेर्पालाई पदमुक्त गर्न माग गर्दै रिले अनसन सुरु

काठमाडौं । नेविसंघको अध्यक्ष दुजाङ शेर्पालाई पदमुक्त गर्न माग गर्दै रिले अनशन सुरु भएको छ । अध्यक्ष शेर्पाको कार्यशैलीको विरोध गर्दै आएका नेविसंघका असन्तुष्ट कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बस्ने तयारी गरेका छन् ।

काठमाडौं जिल्ला पार्टी कार्यालय र नेविसंघको केन्द्रीय कार्यालयमा तालाबन्दी जारी राखेका उनीहरुले सोमबारदेखि रिले अनसन सुरु गर्ने बताएका हुन् ।

नेविसंघ काठमाडौंका एक कार्यकर्ता अन्शुल केसीले भने, ‘हाम्रा माग सम्बोधन नभएकाले भोलिदेखि पार्टी कार्यालयमा रिले अनसन बस्छौं, फेरि पनि माग सम्बोधन नभए आमरण अनसनसम्म जान्छौं ।’

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ । अध्यक्ष शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा मनोज डंगोललाई मनोनित गरेका थिए । साथै त्रिभुवन विश्वविद्यालय समन्वय समितिको अध्यक्ष पदमा तीन जनालाई मनोनित गरिएको पत्र सार्वजनिक भएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको निर्णयअनुसार काठमाडौंका दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा र पर्वतका विद्वान गुरुङलाई नेपाल तरुण दलको अध्यक्षमा नियुक्त गरेका थिए ।