६ भदौ २०८३, शनिबार 1787453805
Banner

अनलाइनमार्फत ठगीमा संलग्न ९ चिनियाँसहित १९ जना पक्राउ

काठमाडौँ । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न ९ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाइ राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो।

राजधानीमा अवैध रुपमा अफिस सञ्चालन गर्दै ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी उनीहरुले टेलिग्राम मा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

कार्यालयका अनुसर पक्राउ पर्नेमा ९ चिनियाँ र १० नेपाली रहेका छन्। उनीहरुलाई बूढानीलकण्ड र चण्डोल क्षेत्रबाट पक्राउ गरिएको हो।