७ जेष्ठ २०८३, बिहिबार 1779413441
अर्थ

सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं। बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ। बजार लगातार तेस्रो दिन बढेको हो। बुधबार १.०२ अंकले बढेको बजार १९१९.४२ विन्दुमा पुगेर रोकिएको छ। यो ०.०५ प्रतिशतको वृद्धि हो।

बुधबार कारोबार रकम भने उल्लेख्य घटेको छ। कुल २५८ धितोपत्रको २५ हजार ४१३ वटा कारोबारबाट २५ लाख ३९ हजार ४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँको मात्र भएको छ। मंगलबार १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको थियो।

उपसूचकहरुमा समेत बुधबार मिश्रित नतिजा आएको छ। बुधबार सुपरमाइ हाइड्रो र कालिञ्चोक दर्शन प्रालिको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ। धौलागिरि लघुवित्त, स्वावलम्बन लघुवित्तसहितका धितोपत्रको समेत मूल्य धेरैले बढेको छ।

खप्तड लघुवित्त, एनएलजी इन्स्योरेन्स, सृजनशील लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ। एनआईसी एसिया बैंक, सानिमामाइ हाइड्रो, शिवम् सिमेन्टसहितका धितोपत्रको सबैभन्दा धेरैले कारोबार भएको छ।