८ मंसिर २०८१, शनिबार 1732381086
Banner

मन्त्रिपरिषद् विस्तारको चटारो छाडेर प्रचण्ड चितवन प्रस्थान

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड बिहीबार चितवन प्रस्थान गर्न लागेका छन् । सत्ता गठबन्धनको बैठकका साथै मन्त्रिपरिषद् विस्तारको चटारोका बीच प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेका हुन्।

चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्ने कार्यक्रमका लागि प्रचण्ड चितवन जान लागेको उनको सचिवालयले जनाएको छ।

‘पूर्वनिर्धारित कार्यक्रम भएकाले जान लाग्नु भएको हो। दिउँसो १ बजे काठमाडौँ आउने कार्यतालिका छ’, सचिवालयले भन्यो।

प्रचण्ड फर्किएपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ। प्रचण्डले आज ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। यसबारे बुधबारकै बैठकमा लगभग सहमति बनेको नेताहरूको भनाइ छ।