७ भदौ २०८३, आइतबार 1787494866
समाचार

पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पहाडी भूभागहरूमा आंशिक बदली भई बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम सहित बाँकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहने छ। पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार भने देशका पहाडी भूभागका साथै तराईका एक-दुई स्थानमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।