७ भदौ २०८३, आइतबार 1787497146
समाचार

बूढानीलकण्ठ स्कुलद्वारा छात्रवृत्तिको लागि दरखास्त आव्हान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बूढानीलकण्ठ स्कुलले काठमाडौँ तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहनदार बालबालिकाको लागि छात्रवृत्तिका लागि दरखास्त आव्हान गरेको छ।

विसं २०६९-०१-०१ गतेदेखि २०७०-१२-३० गतेसम्म जन्म भई कम्तीमा कक्षा ३ र कक्षा ४ मा सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०७९ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र–छात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यताका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने सूचनामा उल्लेख छ।

दरखास्त फारम आगामी चैत २७ गते सोमबार, दिउँसो १ः०० देखि ४ः०० बजेसम्म तथा २८ गते मंगलबार बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म बुझाउन सकिने स्कुलले जनाएको छ।