९ मंसिर २०८१, आइतबार 1732436908
Banner

तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उक्त क्षेत्रमा निर्वाचन हुन लागेको हो ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै चितवन २ मा यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा रविसँग काँग्रेसका उमेश श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए भने यसपटक काँग्रेसले फरक उम्मेदवार उठाएको छ ।

चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ ।