काठमाडौं । उप-निर्वाचनको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक साढे १२ बजे पार्टी मूख्य कार्यालय च्यासलमा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए।
चितवन-२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ -१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनको सचिवालय बैठकबाट टुंगो लाग्नेछ।
बारा -१ बाट को उठाउने भनेर पनि बैठकमा टुंगो लगाउने जनाइएको छ । बैशाख १० गते उप-निर्वाचन हुँदैछ ।