२८ जेष्ठ २०८३, बिहिबार 1781173629
समाचार

आज ४१ जना कोरोना संक्रमण भेटिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार चार हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी १३ सय ८५ जनाको एन्टीजेन परीक्षण गर्दासमेत ४१ जनामै संक्रमण देखिएको छ। २४ घण्टामा कोरोना जित्नेको संख्या २१३ रहेको छ। अहिलेसम्म कोरोनाले ११ हजार ९५० जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या चार हजार ५७४ रहेको डा. मिश्रले जानकारी दिनुभयो।

पछिल्लो समय संक्रमण दर घट्दै गएको छ। कोरोना संक्रमण कम भए पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न प्रवक्ता मिश्रले अनुरोध गर्नुभएको छ।