१० श्रावण २०८३, आइतबार 1785064914
Banner

‘जसले जितेर राम्रो काम गरिरहेका छन्, उनीहरुलाई पहिलो प्राथमिकता’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा अहिले जितेर काम गरिरहेका मेयर उपमेयरको मुल्यांकन हुने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘जसले अहिले जितेर राम्रो काम गरिरहेका छन् उनीहरूलाई नै पहिलो प्राथमिकता दिईन्छ ।’

संघीय संसद भवनमा बुधबार बसेको संसदीय दलको बैठकमा दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्ने गरी निर्वाचनमा होमिन आफ्ना सांसदलाई निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनु भयो ।

‘आजको बैठकमा अध्यक्ष ओलीज्यूले विशेष निर्देशन दिनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचनमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भन्नुभयो, ‘तपाईहरू पार्टीलाई धेरैभन्दा धेरै स्थानमा निर्वाचित गराउने गरी लाग्नुहोस् ।’

३० वैशाखमा हुने स्थानीय तहको निनर्वाचनमा एमाले एक्लै चुनाव लड्ने जानकारी दिएका प्रमुख सचेतक भट्टराईले एकाध स्थानमा एकाध पार्टीसँग तालमेल गरे पनि देशभर एक्लै चुनावमा होमिने जानकारी दिनुभयो ।

सर्वसम्मतीमा उम्मेदवार चयन गर्ने दाबी गरेको उहाँले कुनै स्थानमा सर्वसम्मती हुन नसके माथिल्लो कमिटीले हेर्ने बताउनुभयो ।