२७ भदौ २०८३, शनिबार 1789264768
Banner

लेखराज भट्टलाई भेट्न प्रचण्ड पुगे भट्ट निवास

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन्।

कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा ओर्लिएका प्रचण्ड भट्ट निवास पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट सीधै कैलालीको गोदाबरी नगरपालिका—१ अत्तरियास्थित भट्टको निवासमा पुगेका हुन्। उनीहरुबीच भेटवार्ता जारी छ।

पूर्वमाओवादी नेता भट्ट नेकपा भंग भएपछि एमालेतिर लागेका थिए।