१६ जेष्ठ २०८३, शनिबार 1780166931
कला/साहित्य

राजेश हमालसहित ४५ जना कलाकार विभूषित

काठमाडौं – अभिनेता राजेश हमाल, नीर शाह, दीपकराज गिरीसहित ४५ जना कलाकारलाई नयाँ वर्षको अवसरमा शुक्रबार मानपदवी, अलंकार र पदक प्रदान गरिएको छ। शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पदक वितरण गर्नुभएको हो। 

शाहसहित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल र नन्दकृष्ण जोशीले सुकीर्तिमय राष्ट्रदीप विभूषण ग्रहण गर्नुभयो । यस्तै, दीपकराज गिरी, शम्भु राई (कुथुमी), प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, आलोकश्री (सूर्यकुमार खाती), दीपक जंगम, आनन्द कार्की, अर्जुन श्रेष्ठ, ज्ञानु राणा, निरुता सिंह, चेतन सापकोटा, विराज भट्ट (भोजराज भट्ट), दयाहाङ राई र सत्यकला राईले सुप्रबल जनसेवाश्री प्राप्त गरे ।मिलन मोक्तान, धर्मराज उपाध्याय, सीताराम पोखरेल, जीतबहादुर देउजा र निर्मल शर्माले प्रबल जनसेवाश्री पदक ग्रहण गर्नुभयो । 

सुनिता दुलाल, प्रदीप खड्का, कमल सुनार, सन्तोष श्रेष्ठ, दीपक शर्मा, माधवराज खरेल, शिवराम विक, रमेश कोइराला, सनम कठायत, कुमार बस्नेत विक्रान्त, कुलमान नेपाली, मनोहर सुनाम परियार, डिल्लीनारायण पाण्डे, सुरेशकुमार नेपाल परियार (यशकुमार), सानुकान्छा शाहीले जनसेवाश्री प्राप्त गर्नुभयो ।

यसैगरि, प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर विक, नवीन पौडेल र किरण गजमेरले नेपाल सेवा प्रवीण प्राप्त गर्नुभएको हो ।