काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको छ।
भण्डारीले शुक्रबार सभापति लामिछानेविरुद्ध अख्तियारमा अनलाइन उजुरी दिनुभएको हो ।
गृहमन्त्री हुँदा लामिछानेले राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आव्हान गरेको विषयमा उजुरी दिएको पत्रकार भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिएको छु । उजुरी दर्ता भइसकेको छ।’