८ भदौ २०८३, सोमबार 1787585384
समाचार

थप ९९ जनामा कोरोना संक्रमण

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।