११ आश्विन २०८३, आइतबार 5:52 pm
Banner

ओमानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । एसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ।

कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तरगत ओमानविरुद्धको म्याचमा शानदार जित दर्ता गरेको हो। टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन सकेन । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।