काठमाडौं। सर्वोच्च अदालतले सिंहदरवारको फोहोर तत्काल उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरवारभित्रको फोहोर तत्काल उठाउन भनेको हो ।
सिंहदरवारको फोहोर नउठाउने भनी काठमाडौं महानगरपालिकाका मेयर बोलेन साहले घोषणा गरेका थिए ।
त्यसविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारले आफूहरुसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि दुर्गन्ध फैलिएको छ ।