२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:33 pm
Banner

बारामा मतदान केन्द्रमा होहल्ला गर्ने ४ जना पक्राउ

सूचना प्रेस २०८० बैशाख १० आइतबार ००:००, १०:५४ बजे १ मिनेट पढाइ

बारा। बारामा मतदान केन्द्रमा होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाराको देवताल गाउँपालिका वडा नं.२ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको हो। अहिले मतदान भने जारी रहेको छ। अहिलेसम्म बारा क्षेत्र नं.२ मा १५ प्रतिशत मतदान भइसकेको छ।