२७ जेष्ठ २०८३, बुधबार 1781129070
Banner

कलंकीको गार्मेन्ट उद्योगमा आगलागी, दोलखाका भूपेन्द्र बस्नेत बेपत्ता

काठमाडौं। कलंकीस्थित बजरंग गार्मेन्ट उद्योगमा शुक्रबार राति साढे ११ बजे भएको आगलागीमा परेर एक जना बेपत्ता भएका छन्।

मकवानपुरका २७ वर्षीय निश्चल अग्रवालले चलाएको गार्मेन्टमा भएको आगलागीमा गार्मेन्टका उपकरण, लत्तापकडा लागयत जलेर नष्ट भएको थियो।

घटनापछि गार्मेन्टका लागि सवारी चालकका रुपमा काम गर्ने दोलखाको भीमेश्वरका भूपेन्द्र बस्नेत बेपत्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल बताउँछन्।

‘डोजरले आगलागी भएको स्थानमा खोजी गर्ने क्रममा खुट्टा र शरीरको केही अंग फेला परेको छ’, रिजालले भने, ‘परीक्षणपछि त्यो उनकै हो कि होइन भन्ने यकिन हुन्छ।’ क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ।