२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 6:05 pm
Banner

कृष्णपुर माविमा रोकिएको मतदान सुरु

सूचना प्रेस २०८० बैशाख १० आइतबार ००:००, १५:४३ बजे १ मिनेट पढाइ

चितवन– चितवन क्षेत्र नं.२को कृष्णपुर माविमा रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो ।

रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ मतदान रोकिएको थियो ।

अवस्था सामान्य भएपछि मतदान पुनः सुरु भएको हो । यस क्षेत्रमा बिहान ७ वजे देखि ४३ स्थलका १३८ केन्द्रमा मतदान जारी छ । मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।