२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 6:17 pm
Banner

त्रिभुवन विमानस्थलमा उडान–अवतरण बन्द

सूचना प्रेस २०८० बैशाख १० आइतबार ००:००, १५:४८ बजे १ मिनेट पढाइ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान–अवतरण बन्द भएको छ । सञ्चार उपकरणमा आएको समस्याका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ ।

जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरूको उडान(अवतरण बन्द भएको बताइएको छ ।

टावरबाट नजिकै रहेका जहाजसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडान प्रभावित बनेका हुन् ।