काठमाडौं- मन्त्रिपरिषद् बैठकले फाष्ट्रयाकको जग्गा प्राप्ति छिटो टुङगो लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकले शसस्त्र प्रहरी वल सम्बन्धि नियमावली संशोधन गर्न स्विकृति दिने निर्णय गरेको छ ।
त्यसैगरी खाध्य पदार्थको गुणस्तर परीक्षण सम्बन्धी प्रस्ताव समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ । मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाटको विषय छलफलका लागि अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिनु भयो ।