काठमाडौं । सूर्यविनायक नगरपालिकाले १० वटै वडामा कानूनी सचेतना कार्यक्रम शुरु गरेको छ । कार्यक्रमको शुरुवात बैशाख १० गते वडा नं २ बाट गरियो थियो । स्थानीय जनप्रतिनिधि, शिक्षक, वडा स्तरीय मेलमिलापकर्ता, विभिन्न उपभोक्ता समितिका पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारीहरु, नागरिक समाज र आम नगरसबासीहरुको सहभागितामा हुने कार्यक्रम विधायन समितिका संयोजक एवं वडा नं २ का अध्यक्ष श्री प्रदीप कार्कीको अध्यक्षता तथा नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा नगरपालिकाका उप प्रमुख सरिता तिमसिना भट्टाई, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेल र विधायन समितिका सदस्य सचिव अनिरुद्र नेपालको लगायतको उपस्थिती रहेको थियो ।
नगर प्रमुख बासुदेव थापाले कानून बनाउनु आफैमा जटिल हुन्छ भने त्यसको कार्यान्वनका लागि सवै नागरिकले कानूनको बिषयमा जानकारी पनि प्राप्त गर्नु झनै आवश्यक रहन्छ त्यसैले सूर्यविनायक नगरपालिकाले बनाएको कानून सवै नागरिकसम्म पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उप प्रमुख सरिता तिमसिना भट्टराईले आफू न्यायीक समितिमा बसेर विवादहरुको समाधान गर्दै गर्दा आम नगरबासीहरुलाई कानूनको समान्य साक्षरता समेत नभएकोले अवका दिनमा कानून, प्रविधि र वित्तीय साक्षरतालाई नगरपालिकाले विशेष जोड दिने योजना रहेको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कंडेलले कानूनहरु धेरै छन र सवैको बारेमा कोही पनि जानकार हुन सक्दैन तर कुन कानूनमा के छ सम्म कुरा हामीले बुझयो भने जिवनका विभिन्न पाटोहरुमा सहजता हुने बताउनुभयो उहाँले नगरपालिकाको कानूनको बारेमा सवैले जान्न र बुझन पर्ने कुरामा समेत जोड दिनुभयो ।
सूर्यविनायक नगरपालिकाले हालसम्म ३२ वटा ऐन, ८ वटा नियमावली, ४५ वटा कार्यविधि निर्देशिका र २ वटा आचार सहिता स्वीकृत गरी सकेको छ भने अन्य केही कानूनहर पाईपलाईनमा रहेको जानकारी नगरपालिका प्रवक्ता श्री रविन्द्र सापकोटोले जानकारी दिनुभयो । सर्व साधारणलाई कानूनको अध्ययन गर्न सजिलोको लागि ऐन तथा नियमहरुको संग्रह समेत प्रकाशित गरी नगरपालिकाको वेवसाईटमा राखिएको सूचना अधिकारी अनिरुद्र नेपालले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशिक्षको रुपमा नेपाल सरकारका पूर्व सहसचिव अधिवक्ता श्री शेरबहादुर ढुंगाना,र अधिवक्ता गोमा ढुंगानलाई जिम्मेवारी प्रदान गरिएको छ भने नगरपालिकाका पदाधिकारीहरु, कानूनी सल्लाहकार तथा अन्य कानूनका विज्ञहरुलाई समेत कार्यक्रममा प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको छ ।
१० वटै वडाका कम्तिमा ५०० अगुवा नागरिकहरुलाई कानूनी प्रशिक्षण प्रदान गर्ने नगरपालिकाले लक्ष्य लिएको र आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई वस्ती स्तरसम्म पुर्रयाइने कुरा विधायन समितिका संयोजक प्रदिप काकीले बताउनुभयो ।