२७ भदौ २०८३, शनिबार 1789257450
Banner

सिम्रिक एयरको काग्रो हेलिकप्टर दुर्घटनामा पाइलट घाइते

काठमाडौं । संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा परी हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेल घाइते भएका छन्।

संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्।

उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भइरहेको उनले जानकारी दिए। गाउँपालिका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला–४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो।

उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो।